यस्तो भएको रहेछ पूर्व मुमाबडामहारानी रत्नलाई

काठमाडौँ, २१ फागुन । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह बिरामी परेकी छन् । उनलाई उपचारका लागि आजै अपरान्हबाट थापाथलिस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

नर्भिक अस्पतालका अनुसार ९१ बर्षीया पूर्व मुमा बडामहारानीलाई एक साता देखि रुघा खोकीको समस्या देखिएको थियो । अहिले उनलाई पातलो दिशा हुने र पिसाब कम हुने समस्या थपिएको छ ।

अस्पतालका सञ्चार हेर्ने नायव महाप्रवन्धक आरपी मैनालीका अनुसार खोकी लाग्ने, कफ आउन गाह्रो हुने लगायतका समस्या देखिएपछि निवासमै खोकीको औषधि चलाइएको थियो । तर सुधार नभएपछि नर्भिक ल्याइएको हो ।
नर्भिकमा उनको विस्तृत स्वास्थ्य जाँच शुरु गरिसकिएको छ ।

मैनालीका अनुसार पूर्व मुमा बडामहारानीको उपचारमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे, डा ब्रजेन्द्र श्रीवास्तवको रेखदेखमा उपचार शुरु गरिएको छ ।

पूर्व मुमा बडामहारानी बिरामी भएको खबर सार्वजनिक भएपछि नर्भिक परिसरमा दरबारका सुभेच्छुक तथा आफन्तहरु पुग्ने क्रम शुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *