पूर्व मुमाबडामहारानी रत्न बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौँ, २१ फागुन । स्वास्थ्य विग्रिएपछि पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
९१ बर्षीया शाहलाई ज्वरो तथा पखला लाग्ने समस्या भएपछि नर्भिक मंगलबार दिउसो नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहका स्वकिय सचिव फणिन्द्र पाठकले बताए।
अस्पताल स्रोतका अनुसार डा मधु घिमिरे सहितको चिकित्सक टोलीले पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्य उपचार गरिरहेको छ ।
रत्न तत्कालिन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन्।
पूर्व मुमाबडामहारानी शाह बिरामी भएर अस्पतालमा पूर्व राजपरिवारका सदस्यहरु अस्पताल पुग्न थालेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



