आईओएम डीन कार्यालयमा दुई महिना देखि लागेको ताला खुल्यो

काठमाडौँ, १३ फागुन । आठ बुँदे सहमति गर्दै महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयमा दुई महिना अगाडी लगाएको ताला खोलिदिएका छन् ।

कलेजले लिने शुल्क, मेडिकल कलेजको सिट, काउन्सिलिङ लगायतका विविध विषयका मागमा डीन कार्यालयले वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले गत ८ पुसमा ताला लगाईदिएको थियो ।

सोमबार भएको बार्तामा हामीले राखेको मागका विषयमा सहमति भयो । त्यसपछि ताला खोलिदिएका छौँ । विद्यार्थी नेता कमल रानाभाटले बताए ।

सोमबारको बार्तामा डीन कार्यालयको तर्फबाट डा प्रदीप ज्ञवाली र स्ववियूको तर्फबाट उत्सव चौलागाईँले नेतृत्व गरेका थिए ।

के के भयो सहमति ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *