निर्णय भएको तीन साता पछि १५० जना सहसचिवको समायोजन चिठी स्वास्थ्यमा पुग्यो

काठमाडौँ, १० फागुन । मन्त्रिपरिषदको बैठकले निर्णय गरेको तीन साता पछि स्वास्थ्य समूहका सहसचिवहरुको समायोजन सम्वन्धी पत्र स्वास्थ्य मन्त्रालयमा पुगेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका १५० जना सहसचिवहरुको पत्र एक मुष्ठ रुपमा स्वास्थ्य मन्त्रालयमा पठाएको हो । पत्र पुगे पनि सहसचिवहरुले पाइसकेका भने छैनन् ।

मन्त्रालयका सहसचिव डा रमेश खरेलले पत्र आएको आफूले जानकारी पाएको बताए । तर अहिलेसम्म हात परिनसकेको स्पष्ट पारे । ‘ पत्र आएको भन्ने पुष्टी भयो, तर हात परिसकेको छैन,’ उनले भने ।

सामान्यले गत २१ माघको मन्त्रिपरिषदको निर्णय भन्दै २९ माघमा समायोजनमा परेका सहसचिवहरुको सूची प्रकाशित गरेको थियो ।

तर, स्वास्थ्य समूहका केही सहसचिवहरुको विवरणमा गडबडी भएको भन्दै उजुरी परेपछि थप छानवीन गर्न भन्दै चिठी वितरणमा रोक लगाएको थियो ।

लामो समय चिठी नपाउँदा स्वास्थ्यका सहसचिवहरु थप अन्योलमा परेका थिए ।

सामान्यको चिठी पाएपछि सहसचिवहरुको नयाँ पोष्टिङ हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *