स्वास्थ्य मन्त्रालयको प्रशासन समूहका सचिव घिमिरेद्धारा पदवहाली

980
Shares


काठमाडौँ, ९ माघ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको प्रशासन समूहका सचिव चन्द्रकुमार घिमिरेले आज पदबहाली गरेका छन्। अघि दिउसो साढे २ बजे मन्त्रालय पुगी उनले पदवहाली गरेका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका सचिव घिमिरेलाई स्वास्थ्यको प्रशासन समूह र स्वास्थ्यको प्रशासन समूहमा रहेका सचिव केदारबहादुर अधिकारीलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयमा स्वास्थ्य समूहको सचिवमा डा. पुष्पा चौधरी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *