स्थानीय निकायमा कार्यरत स्वास्थ्यकर्मीको तलव भत्ताका लागि थप एक अर्व माग

2.7k
Shares

काठमाडौँ, ५ पुस । यसबर्ष पनि स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलब भत्ता करीब १ अर्व अपुग हुने देखिएको छ । गत आर्थिक बर्षमा पनि नपुग भएपछि स्वास्थ्य मन्त्रालयले बर्षको अन्त्य तिर साढे दुई अर्ब थप उपलव्ध गराएको थियो ।

मन्त्रालय उपसचिव लिलाराज पौडेलले स्थानीय तहमा यसपटक पनि करीब १ अर्व रुपयाँ थप व्यवस्थापन गर्नुपर्ने भएको बताए । ‘स्थानीय तहबाट आएको विवरणको आधारमा तलव भत्ताका लागि करीब १ अर्व रुपैयाँ नै अपुग हुने देखियो । अघिल्लो बर्ष आर्थिक वर्षको अन्त्यतिर व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो । त्यसैले यसपटक समयमै विवरण आएको छ,’ उनले भने ।

देशभरका ७५३ वटा निकायमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव भत्ता स्वास्थ्यको विवरण अनुसार अर्थले एक मुष्ट रुपमा उपलव्ध गराउने गरेको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्यका निकायमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलव भत्ताका लागि करीब १० अर्व खर्च हुने गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *