लाइसेन्स परीक्षामा विभेदपूर्ण नियम ल्याएको भन्दै युवा चिकित्सक संघको आपत्ति

काठमाडौँ, १० कात्तिक । नेपाल मेडिकल काउन्सिलले विदेशमा अध्ययन् गरेकालाई लाइसेन्स परीक्षामा विभेद गरेको भन्दै युवा चिकित्सक संघले विरोध गरेको छ । उसले काउन्सिलको विभेदपूर्ण निर्णय तत्काल सच्याउन काउन्सिलको ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले आगामी लाइसेन्स परीक्षा देखि लागू हुने गरी ल्याएको नयाँ व्यवस्थामा नेपालमै एमबीबीएस तथा बीडीएस अध्ययन् पुरा गरेकाहरुले छ महिना इन्टर्नसीप पुरा गरेपछि लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था छ । तर विदेशमा सोही अध्ययन् पुरा गरेकाहरुले लाइसेन्स परीक्षामा सहभागी हुन एक बर्षको इन्टर्नसीप पुरा गर्नुपर्ने हुन्छ ।

यसैबीच युवा चिकित्सक संघको टोलीले शुक्रबार काउन्सिलका रजिष्ट्रार डा दिलिप शर्मालाई भेटी निर्णय सच्याउन ध्यानाकर्षणपत्र बुझाएका छन् । सो अवसरमा उनीहरुले निर्णय नसच्चिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनि समेत दिएका छन् । ध्यानाकर्षण पत्र बुझाउन संघका अध्यक्ष डा चेतन बस्नेतको नेतृत्वमा युवा चिकित्सकहरुको टोली काउन्सिल पुगेको थियो ।

यता काउन्सिलले भने निर्देशिका उल्लेखित पुरानो व्यवस्थालाई लागू गरेको बताउदै आएको छ । उसले अहिलेको निर्णय सच्चिने सम्भावना नरहेको स्पष्ट पारेको छ । अहिलेसम्म काउन्सिलले स्वदेश र विदेशमा अध्ययन पुरा गरी ६ महिना इन्टर्नसीप सकेका मेडिकल तथा डेन्टल विद्यार्थीलाई लाइसेन्स परीक्षामा सहभागी हुन दिने गरेको थियो ।

यो पनि पढ्नुहोस्………………..

चिकित्सक लाइसेन्स परीक्षा : स्वदेश र विदेशमा अध्ययन् गर्नेलाई फरक-फरक मापदण्ड

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “लाइसेन्स परीक्षामा विभेदपूर्ण नियम ल्याएको भन्दै युवा चिकित्सक संघको आपत्ति

  1. लाज लग्नु पर्ने हो नेपालका यी शैक्षिक माफियाहरुलाई……

Leave a Reply

Your email address will not be published. Required fields are marked *