चिकित्सक लाइसेन्स परीक्षा : स्वदेश र विदेशमा अध्ययन् गर्नेलाई फरक-फरक मापदण्ड

काठमाडौँ, ८ कात्तिक । नेपाल मेडिकल काउन्सिलले यसपटक देखि चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन पाउने मापदण्ड स्वदेश र विदेशमा पढेका विद्यार्थीहरुलाई फरक फरक तोकेको छ ।

नयाँ व्यवस्था अनुसार अब लाइसेन्स परीक्षामा सहभागी हुनका लागि स्वदेशमा अध्ययन गर्नेहरुले अध्ययन पुरा गरी ६ महिना इन्टर्नसीप गरेपछि पाउनेछन् तर विदेशका कलेजमा अध्ययन् गर्नेहरुले अध्ययन् पुरा पछि एक बर्ष इन्टर्नसीप समेत पुरा गरेपछि मात्रै सहभागी हुन पाउनेछन् ।

यसअघि स्वदेश होस या विदेश अध्ययन् पुरा गरी छ महिना इन्टर्नसीप गरेका विद्यार्थीहरुले लाईसेन्स परीक्षामा सहभागी हुन पाउने गर्दथे ।

काउन्सिलको नयाँ व्यवस्थाले स्वदेश र विदेश अध्ययन् गर्ने विद्यार्थीहरुबीचमा विभेद गरिएको भन्दै कतिपय चिकित्सक तथा विद्यार्थीले असन्तुष्टी जनाएका छन् । उनीहरुले कि सबैलाई इन्टर्नसीपको एक बर्ष पछि वा सबैलाई छ महिना पछि परीक्षामा सहभागी हुन दिनुपर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

यता काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले कानूनमा भएको व्यवस्थाको लागू गर्न खोजेको बताए । यो नियम अहिले बनाएको नियम होइन, २०६० सालमै बनाएको निर्देशिकामा थियो । हामीले सोही निर्देशिका कार्यान्वयन गर्न खोजेका हौँ ।

‘अब स्वदेशमा पढ्नेले ६ महिना इन्टर्नसीप पछि र विदेशमा पढ्नेले एक बर्षे इन्टर्नसीप पछि मात्रै लाइसेन्स परीक्षामा सहभागी हुन पाउनेछन्,’ उनले भने ।

काउन्सिलले यस बर्षको दोस्रो लाइसेन्स परीक्षा आगामी २२ मंसिरमा गर्दैछ । त्यसका ९ कात्तिक (भोलि) देखि ८ मंसिरसम्म अनलाइन आवेदन फारम बुझाउन सूचना जारी गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “चिकित्सक लाइसेन्स परीक्षा : स्वदेश र विदेशमा अध्ययन् गर्नेलाई फरक-फरक मापदण्ड

  1. लाज लग्नु पर्ने हो नेपालका यी शैक्षिक माफियाहरुलाई……

Leave a Reply

Your email address will not be published. Required fields are marked *