कसिलो ब्रा लगाउने महिलाले ख्याल गर्नुहोस्

कतिपय महिलाले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन् । सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ । थाहै नपाई यही कारणले गम्भीर किसिमले गर्दन तथा ढाड दुख्ने हुन सक्छ । कतिपय महिला जानीजानी कसिलो ब्रा पहिरिरहेका हुन्छन् । तर, यसले गर्दा काँध, दुख्ने हातको पाता दुख्ने र गर्दनमा पनि दुख्ने गर्छ ।

कसिलो ब्रा लगाउँदा कस्तो समस्या हुन्छ ?

  •  ब्राले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ । तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन । यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ ।
  • लामो समयसम्म कसिएको ब्रा पहिरिँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ । जसले गर्दा चिलाउने र पोल्ने हुन्छ । लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ ।
  • नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ । यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ ।
  • कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ ।
  • गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहँुदा पेटमा असर गर्दछ ।
  • कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घोचेकोजस्तो दुखाइ पनि हुनसक्छ । यो समस्या गम्भीर हुनसक्छ । यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु नै हो । एउटा शोधले यस्तो बताएको छ कि महिलाको छातीसँग जोडिएको दुखाइ प्राय: गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ ।
  • यसको कारण अर्को पनि देखिएको छ, जुन बसाइको तरिकामा भर पर्छ । गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *