स्वास्थ्य मन्त्रालयमा सूर्तिजन्य पदार्थको चेकजाँच पुन: शुरु

काठमाडौँ, ४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छिर्नु अघि सूर्तिजन्य पदार्थको चेकजाँच गर्ने कार्य पुन शुरु भएको छ ।
पूर्व स्वास्थ्यराज्य मन्त्री पद्मा अर्यालले शुरु गराएको सो चेक जाँचको व्यवस्था उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव आइसकेपछि हटेको थियो । तर अहिले सो चेकजाँच अहिले पुन: सुचारु भएको छ ।

मन्त्रालयको सुरक्षा व्यवस्था सम्हालेका नेपाल प्रहरीका हवल्दार चन्द्र हमालले आगन्तुकहरुमा सूर्तिजन्य पदार्थको पुन चेकजाँच शुरु गरेको चार दिन भएको बताए । उनले मन्त्रालयको सचिव डा. पुष्पा चौधरीको निर्देशन पछि पुन चेक जाँचलाई पहिले जसरी नै निरन्तरता दिएको बताए ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐन २०६८ को कार्यान्वयन मन्त्रालयबाटै शुरु गर्ने भन्दै तत्कालिन राज्यमन्त्री अर्यालले शुरु गरेको सो कामलाई हठात रुपमा हटाइएपछि स्वास्थ्यको नयाँ नेतृत्वको आलोचना शुरु हुन थालेको थियो ।

अहिले मन्त्रालयको मुल गेटमा रहेका प्रहरीले कर्मचारी तथा आगन्तुकहरुको प्याकेट छाम्ने र सूर्तिजन्य पदार्थ छ छैन भनेर सोध्ने गर्दछन् । खानतलासीको क्रममा भेटिए गेटको बाल्टीमा प्याकेट फ्याँकेर जानुपर्छ ।

‘खासमा चेक जाँचलाई निरन्तरता दिन खोजिएकै हो । भित्रको गेटमा भन्दा बाहिरको गेटमा गएर चेक जाँच गर्ने भन्ने भयो र प्रयास गरियो तर त्यो प्रभावकारी देखिएन । त्यसैले पुन भित्रको मुल गेटमा जाँच गर्न शुरु गरेका हौँ,’ मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले भने ।

चेकजाँचका क्रममा बुधबार मात्रै सूर्ति चुरोट गरी ६० प्याकेट भन्दा बढी सूर्तिजन्य पदार्थ भेटिएको थियो । ‘चुरोट भन्दा खैनी, जर्दा सुर्तीहरु बढी भेटियो,’ हवल्दार हमालले भने ।

यी समाचार पनि हेर्नुहोला……..

कानुनको अटेरी गर्ने सूर्ति उद्योगलाई जोगाउन कानून नै संसोधन गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय

सूर्तिजन्य पदार्थमा करको दर २१ प्रतिशतले बढ्यो, के मा कति ?

सिंहदरबार परिसरमा सूर्तिजन्य पदार्थ निषेध गर्न भन्दै प्रधानमन्त्री कार्यालयलाई स्वास्थ्यको पत्र

सूर्ति नियन्त्रण सम्वन्धी कानून एक साता भित्र कार्यान्वनय हुन्छ : स्वास्थ्य राज्य मन्त्री

सूर्ति नियन्त्रणमा उत्कृष्ठ कानून बनाउन सक्ने नेपालले कार्यान्वनय गर्न किन सक्दैन ?

अब सूर्तिजन्य पदार्थ लिएका व्यक्तिले स्वास्थ्य मन्त्रालयमा प्रवेश नपाउने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *