औषधि व्यवस्था विभागको अनलाइन औषधि व्यपनवस्था प्रणाली अवरुद्ध

16
Shares

काठमाडौँ, १० कात्तिक । औषधि व्यवस्था विभागले प्रयोग गर्दै आएको अनलाइन औषधि व्यपनवस्था प्रणाली (DAMS) प्राविधिक समस्याका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन सेवा बन्द रहने जनाएको छ।

विभागका अनुसार सेवा सञ्चालनमा प्रयोग भइरहेको Drug Administration Management System (DAMS) सफ्टवेयरमा PHP सम्बन्धी प्राविधिक समस्या देखिएपछि अनलाइन सेवा अवरुद्ध भएको हो।

विद्युतीय सेवा प्रणालीमा आएको आकस्मिक अवरोधका कारण अनलाइनमार्फत प्रदान गरिँदै आएका सम्पूर्ण सेवाहरू प्रभावित भएका छन्।

विभागले समस्या समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको छ। साथै, अनलाइन सेवा पुनः सञ्चालनसम्बन्धी जानकारी विभागको आधिकारिक वेबसाइट dda.gov.np मार्फत सार्वजनिक गरिने भएकाले नियमित रूपमा वेबसाइट हेर्न विभागले आग्रह गरेको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *