त्वचामा नरिवलको पानी लगाउँदा हुने पाँच फाइदा

गर्मी मौसममा नरिवलको पानी पिउँदा शरीरलाई निकै फाइदा हन्छ तर यसलाई अनुहारमा लगाउँदा पनि यसले अनुहार सफा हुनुका साथै चमकदार बनाउन मद्दत गर्छ ।

हेरौं यसका के के फाइदा रहेछन् :

१.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।

२. यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ ।

३. नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।

४. यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

५. यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *