राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज
काठमाडौँ, २१ असार । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगीता भण्डारीको नियुक्ती खारेज गरेको छ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १४ भदौ २०७४ देखि देखि २ फागुनसम्म भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसंंगै भण्डारीको नियुक्ति खारेज भएको हो ।
प्राडा भण्डारीलाई प्रतिष्ठानको उपकुलपति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले नियुक्ति गरेको थियो । गत २६ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले प्राडा भण्डारीलाई प्रतिष्ठानको उपकुलपति पदमा ४ बर्षका लागि नियुक्ति गरिएको भन्दै पत्र दिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति समेत खारेजी गर्ने निर्णय गरेको छ ।
सम्पर्क इमेल : [email protected]