धेरै खुसी हुनु पनि मुटुका लागि खतरा

धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले पत्ता लगाएका छन् ।

सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन आदि जस्ता खुसीका पलमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या देखिन सक्ने चेतावनी बिज्ञहरुले दिएका हुन् ।

यो समस्यालाई ‘ह्याप्पी हार्ट सीन्ड्रम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक गरी मृत्युको मुखमा पुर्याउन सक्छ ।

‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने बिज्ञहरुले बताएका छन् ।

यूनिभर्सीटी हस्पिटल जुरीचका डा. जेलेना घाड्री र सहकर्मीहरुले अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुको केसहरु, डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो र एक अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, बिवाह, बच्चाको जन्म दिन आदि जस्ता पलमा अत्याधिक खुसी भएका कारणले हुने देखियो   ।

डा. जेलेना भन्छन् ‘मुटुका अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुसीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’

एजेन्सीको सहयोगमा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *