को होला स्वास्थ्य मन्त्री ? चर्चामा छन् यिनीहरु

काठमाडौँ । दुई पार्टीबीचको मन्त्रालय बाँडफाँडमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेपछि अव त्यसमा मन्त्री को होला भन्ने चासो बढेको छ ।

कतिपयले जनसंख्या तथा बाताबरण मन्त्री लालबाबु पण्डित नै स्वास्थ्य मन्त्री हुने अनुमान गरेका छन् । जनसंख्या मन्त्रालय स्वास्थ्यमा गाभिने भएकोले यस्तो अडकल गरिएको हो । तर स्रोतले भने स्वास्थ्य सम्हाल्न अरु तीन जना नेताबीच प्रतिस्पर्धा रहेको बताए ।

प्रतिनिधी सभा निर्वाचनमा कास्की क्षेत्र नं १ बाट निर्वाचित र पूर्व स्वास्थ्य मन्त्री समेत रहिसकेका खगराज अधिकारी, काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित कृष्णगोपाल श्रेष्ठ र कास्की क्षेत्र नं २ बाट निर्वाचित रविन्द्र अधिकारीको नाम स्वास्थ्य मन्त्री बन्ने चर्चामा छ । तर यी मध्ये बढी सम्भावना पूर्व मन्त्री खगराजकै रहेको छ ।

‘स्वास्थ्य राम्रोसंग बुझिसकेको व्यक्ति भएको र अव कामलाई गति दिनुपर्ने भएकोले अहिले स्वास्थ्य मन्त्रीका बलिया उम्मेद्धार खगराज अधिकारी हुन्,’  स्रोतले भन्यो ।

श्रेष्ठ र रविन्द्रले स्वास्थ्यमा आफूहरुलाई जिम्मेबारी दिए कुशलतापूर्वक निभाउने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *