पूर्णखोप सुनिश्चित महानगर बन्यो काठमाडौँ महानगरपालिका

44
Shares

काठमाडौँ, २३ पुस । काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगर घोषित गरिएको छ ।  आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा आयोजित विशेष समारोहमा महानगरलाई पूर्ण खोप सुनिश्चित नगरको रुपमा घोषित गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका संयोजक शिवसुन्दरराज बैद्यले काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगरको रुपमा घोषणा गरेका हुन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सरकारको गम्भीर ध्यानकर्षण गराएका थिए । उनले भूकम्पपछि कुरुप बनेको काठमाडौंको पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि काठमाडौं महानगरपालिका र सरकारको ध्यानाकर्षण गराए ।

उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने दायित्व पूरा गर्न पनि सरकारसँग आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहराले हरेक बालबालिकाले पूर्ण खोप पाउन भन्नेमा सरकार सचेत रहेको बताए । उनले सबै स्थानीय तहमा पूर्ण खोपको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

१२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *