बीरको भीभीआईपी क्याविन २६ बर्ष देखि रित्तै !

काठमाडौँ, २ पुस । खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा बाथरुम, भान्छा, दराज, गिजरलगायतका सुविधा सम्पन्न भएको वीर अस्पतालको अति विशिष्ट क्याबिन २६ वर्षदेखि खाली छ ।

सो क्याबिनमा बिरामी र कुरुवा सुत्ने कोठा, बिरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स, डाक्टर कोठा, वेटिङ कोठा र सुत्ने कोठा गरी आठवटा कोठा छुट्ट्याइएको छ । कुनै सुविधाको कमी छैन सो क्याबिनमा ।

भिभिआइपी बिरामीबाहेक अरूलाई दिन नमिल्ने भएकाले २६ वर्षदेखि सो अति विशिष्ट क्याबिन खाली छ । बहालवाला प्रधानमन्त्री, उपप्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख र उपसभामुखलाई सो क्याबिनमा उपचार गर्न मिल्छ ।तर यो कक्षमा भर्ना भएर उपचार गर्न कुनै पनि विशिष्ट व्यक्तित्व नआउँदा सो कक्ष खाली रहँदै आएको हो ।

कुनै पनि बेला देशका विशिष्ट व्यक्तित्व उपचार गर्न आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अस्पतालले क्याबिनका लागि सफाइ कर्मचारी र नर्सिङ कर्मचारी खटाई राखेको छ । क्याबिनभित्र आवश्यक सामान पनि तयार अवस्थामा छन् । तर, यो क्याबिन प्रतीक्षामै सीमित छ ।
२०४६ सालमा प्रजातन्त्र पुनस्थापना पछि कुनै पनि भिभिआइपीले सो कक्षमा उपचार सेवा लिएका छैनन् ।

‘दुवै राष्ट्रपतिले बहिरंग विभागमा आएर दाँत बनाएर जानु भएको छ प्रधानमन्त्री कुनै पनि आएका आउनु भएको छैन,’ वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने ।

पञ्चायतकालमा राजा तथा राजपरिवार सदस्यले यो क्याबिनमा उपचार गरेको स्मरण पुराना चिकित्सकलाई छ । यो अस्पतालमा ३६ वर्षदेखि उपचार गर्दै आएका ग्यास्ट्रो सर्जन डा. सुबोध अधिकारीका अनुसार तत्कालीन रानी ऐश्वर्यले यही क्याबिनमै बसेर उपचार गराएकी थिइन् ।

  • आजको नागरिकमा पवित्रा सुनारको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *