बाढी प्रभावित क्षेत्रमा पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग

काठमाडौँ, ६ भदौ । व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराएका छन् ।

तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि उनीहरुले माग गरेका हुन् ।

‘नेपाल–भारतको सीमामा ६४ ठाउँमा भारतले सिमाना मिचेको हुँदा’ प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा कुरा उठाउन, तराईको डुबानग्रस्त क्षेत्रमा सरुवा रोगबाट महामारी फैलन सक्ने भएको हुँदा सयममै चिकित्सक टोली खटाउन र स्वास्थ्यसम्बन्धी संयन्त्र खडा गर्न सांसदले सुझाव दिए ।

आजको शून्य समयमा केशवप्रसाद बडाल, केदार सञ्जेल, केशरी घर्ती मगर, अनिता देवकोटा, अफिलाल उखेडा, अम्बरबहादुर थापा, अमनलाल मोदी, अम्बिका खवास राजवंशी, अमृतकुमार बोहरा, काशीनाथ अधिकारी, अष्टलक्ष्मी शाक्य, आशा यादव, कमलाकुमारी घिमिरे र कल्पना शर्मा जोशीले भाग लिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *