औषधि ढुवानी गर्न ल्याइयो छ वटा ‘रेफ्रीजरेटर भ्यान’

काठमाडौँ, ६ भदौ । सरकारको औषधि खरिद तथा वितरण गर्ने निकाय स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाले औषधि ढुवानी गर्न छ वटा रेफ्रीजरेटर भ्यान ल्याएको छ ।

करिब तीन करोड मूल्यका ति भ्यानहरु महाशाखाले केन्द्रीय तथा क्षेत्रीय गोदाममा राखी त्यस स्थानबाट विभिन्न जिल्लामा औषधि ढुवानीमा प्रयोग गर्ने बताएको छ ।

महाशाखाका निर्देशक डा. भीम तिङ्करीले भ्यान आए पछि औषधिको गुणस्तर कायम राख्न थप मद्धत पुग्ने बताए । उनले भने, कतिपय औषधिहरु निश्चित तापक्रममा राख्नुपर्ने हुन्छ ।

‘यस्ता औषधिहरु गोदामबाट जिल्ला तथा क्षेत्रमा पठाउन निकै समस्या पर्ने गर्दथ्यो । तर अब यो समस्या केही हदसम्म हल हुने भएको छ । हामीले खरीद गरेका नयाँ गाडीहरुले त्यो समस्या हल गर्नेछन्,’ उनले भने ।

डा. टिङ्करीले खरीद गरिएका भ्यानहरु धनगडी, नेपालगञ्ज, बुटवल, हेटौडा, विराटनगर र काठमाडौँमा रहने बताए । पोखराका लागि भने केही समय पछि अर्को व्यवस्था गर्ने तयारी रहेको बताए ।

खरीद गरिएका भ्यानहरु एउटा ठूलो र पाँचवटा सानो साइजको रहेको डा. टिङ्करीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *