स्वास्थ्य राज्य मन्त्री बने रामसिंह यादव

 

पदवहाली पछि स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई निर्देशन दिदैँ नवनियुक्त स्वास्थ्य राज्यमन्त्री रामसिंह यादव

काठमाडौँ, ४ भदौ । स्वास्थ्य राज्य मन्त्रीमा रामसिंह यादव नियुक्त भएका छन् । मन्त्रिपरिषद विस्तार गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यादव सहित ८ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य मन्त्री बनेका यादव माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । धनुषाका स्थायी बासिन्दा उनी २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सभासदको रुपमा छनौट भएका थिए ।

नव नियुक्त राज्यमन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा पुगेर आजै पदवहाली गर्दै स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले ल्याउनु भएको सबैं योजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।

उनले पारदर्शी र जिम्मेवार पुर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिए । राज्यमन्त्री यादवले जनता संग जोडिएको कामलाई बिना भेदभादव सबैं मिलेर छिटो, छरितो ढंगले काम गर्नुपर्र्नेमा जोड दिए । राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले अत्यन्तैं जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिएका छन् ।

राज्यमन्त्री यादवलाई स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी सहित मन्त्रालयका कर्मचारीहरुले स्वागत गर्नुभएको गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *