स्तन क्यान्सरबाट बर्षेनी ७० हजार बढी भारतीय महिलाको मृत्यु

72
Shares

नयाँ दिल्ली, ३ भदौ । भारतमा स्तन क्यान्सरका कारण हरेक बर्ष ७० हजार बढी महिलाको ज्यान जाने गरेको छ ।

यदि यहि अवस्था रहेमा सन् २०२० सम्ममा यो रोगबाट मृत्यु हुनेको महिलाको संख्या ७६ हजार नाघ्ने विभिन्न अनुसन्धानले देखाएको छ ।

अनुसन्धानले सुवातारी चरणमै स्तन क्यान्सरको पहिचान हुन नसक्दा यस्तो भयावह अवस्था आएको देखाएको छ । अझ अनुसन्धानले त यो पनि भनेको छ कि केही बर्षसम्म अघि सम्म ५० बर्षको उमेरका महिलालाई देखिने यो रोग अहिले ३० बर्षकै महिलामा समेत देखिएको छ ।

विज्ञहरुले नसर्ने रोगको जोखिम बढी रहेको बेलामा भारतमा स्तन क्यान्सरको जोखिम यसरी बढ्नु खतरनाक अवस्थाको सिजर्ना हुने भन्दै सरकारले तत्काल उपयुक्त कदम चाल्नुपर्ने निर्देशन दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *