बेनी अस्पतालले पायो स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स

0
Shares

 

म्याग्दी, ३ भदौ । सदरमुकाममा रहेको बेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स प्राप्त भएको छ ।

जिल्ला अस्पतालको मातहत सञ्चालन हुने गरी मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा शुरु गरेको छ । सो एम्बुलेन्स हस्तान्तरण गर्दै पूर्वस्वास्थ्यमन्त्री गगनकुरमा थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित रुपमा सञ्चालनका लागि निर्देशिका तयार पारेको जानकारी दिँदै अब हरेक अञ्चल र जिल्ला अस्पतालमा सुविधायुक्त एम्बुलेन्स भित्रने बताए।

अस्पतालको पुरानो एम्बुलेन्स बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा पुगेको समयमा मन्त्रालयबाट प्राप्त नयाँ एम्बुलेन्सले बिरामीलाई लान सहयोग पुग्ने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *