बाढी पीडितलाई मल्हम लगाउन औषधि ब्यावसायी झरे तराई

0
Shares


काठमाडौँ, ३१ साउन । नेपाल औषधि व्यवसायी संघले तराईका बाढी प्रभावित क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराएको जनाएको छ । उसले त्यस क्षेत्रमा चिकित्सक सहित ३० लाख बढीको औषधि पठाइसकिएको बताएको छ ।

गत शुक्रबारबाट परेको अविरल बर्षाले आएको बाढीले क्षतिपुरयाए लगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्धारा जारी विज्ञप्तीमा ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरेको जनाइएको छ ।

प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको समेत उल्लेख छ ।

केन्द्रीय कार्यालयले विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा आवश्यक वस्तु र सेवालाई परिचालन गर्न निर्देशन दिएको छ । पीडितका लागि सरकारी संयन्त्रस“ग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरुमा पत्राचार गरिसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *