गुल्मी जिल्ला अस्पतालमा पनि भित्रियो ‘जिन एक्सपर्ट मेसिन’

गुल्मी, २४ साउन । जिल्ला अस्पताल गुल्मीमा क्षयरोग परीक्षणका लागी अति प्रभावकारी मानिएको जिन एक्सपर्ट मेसिन भित्रिएको छ ।

निक साइमन्स इन्सिच्युट (एन.एस.आई) को समन्वय र विराट नेपाल मेडिकल ट्रष्ट (बि.एन.एम.टी.) को सहयोगबाट उक्त मेसिन भित्रिएको हो ।

जिन एक्सपर्ट क्षयरोग निदानमा सबभन्दा नयाँ प्रविधि हो । यो पूर्ण रुपमा स्वचालित उपकरण सेफेड नामक अमेरिकी कम्पनीले उत्पादन गरेको हो । यो उपकरणमा चार वटा मोडल रहेका छन् ।

परीक्षणका लागि आवश्यक पर्ने केमिकल सबै कार्टेज भित्रै राखिएको हुन्छ । जिन इस्सपर्टको सहायताले ‘माइक्रोबाक्टेरियम ट्युवरक्लोसिस’बाट हुने संक्रमण र उक्त संक्रमणका लागी प्रयोग गरिे सबभन्दा प्रभावकारी औषधी ‘रिफ्यामपिसिन’को प्रभावकारीता छ-छैन भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

यो सँगै जिन एक्सपर्ट उपकरण गुल्मी, प्यूठान, कपिलवस्तु र बर्दिया गरी चार वटा जिल्लामा भित्राइएको छ । यो उपकरणलाई विश्व स्वास्थ्य संगठनले पूर्ण मान्यता दिएको छ । २ घण्टामा टेष्ट रिजल्ट प्राप्त हुने भएकाले यसलाई ¥यापिड टेष्ट भनिन्छ । यसले किटाणुको डि.एन.ए. जाँच गर्ने भएकाले मोलिकुलर टेष्ट वा न्युक्लिक एसिड एमपिलिफिकेशन टेष्ट भनिन्छ ।

यो उपकरण चलाउनको लागी आवश्यक पर्ने वातानुकुल मिलाउने काम सुरु भएको र केहि समय भित्रमै सञ्चालनमा ल्याइने अस्पतालका बायोमेडिकल इन्जिनियरिङ्ग विभाग प्रमुख दिपक महतले बताए ।

यस उपकरणबाट अरु रोग पनि परिक्षण गर्न मिल्ने भएपनि अहिले क्षयरोग परिक्षणको मात्र कार्टिज रहेको छ । उक्त उपकरणको कम्तिमा २५ लाख नेपाली रुपैयाँ पर्ने जनाइएको छ ।

विगतका दिनहरुमा यस प्रकारको जाँचको लागी बिरामीहरुलाई अन्यत्र पठाउदै आइएको थियो । अब यो उपकरण भित्रिएपछि गुल्मी र छिमेकी जिल्लाका बिरामी प्रत्यक्ष लाभान्वित हुने अस्पतालका मेडिकल सुपरिटेडेण्ट डा. श्यामकिशोर चौधरीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *