स्वाइन फ्लुबाट सात महिनामा छ जनाकाे मृत्यु

काठमाडौं १९ साउन। इन्फ्लुएन्जा ए एचवान एनवान  (स्वाइन फ्लू) कारण आज सम्म देश भर ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडीमीयोलीजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज विशेष पत्रकार सम्मेलन गर्दै गत जवनरी देखी आज सम्म स्वाइनफ्लुबाट  ६ जनाको मृत्यु भएको जनाएको हो ।

महाशाखा  प्रमुख डा. भिम आचार्यका अनुसार  एक महिना अगाडी किष्ट मेडिकल कलेजमा एक जना, तीन महिना अगाडी सुमेरु अस्पतालमा एक जना पछिल्लो समय स्याङजाको एक जना टिचिङमा, पोखराको दुइ जनाको ग्रान्डी अस्पताल र एक जनाको ग्रीन सिटी अस्पतालमा गरी तीन महिला र तीन पुरुषको मृत्यु भएको हो ।

यस्तै पछिल्लो समयमा स्वाङ्जाको वालिङमा स्वाइन फ्लु अर्थात स्वाइन फ्लुको प्रकोप बढ्दै गएको भए पनि नियन्त्रणमा आइ सकेको र आतिनु पर्ने अवस्था नरहेको डा. आचार्यले बताए।

उनले भने ‘ पछिल्लो समय स्वाइन फ्लु फैलियो भन्ने धेरै हल्ला हुदै आएको छ। यसबाट केही मानिसको ज्यान पनि गइसकेको अवस्थामा धेरै जना आतिदै आएका छन् तर हामी सित आवश्यक पर्ने सम्पुण औषधी प्रयाप्त मात्रामा छ।’
पछिल्लो समय स्याङजाको वालिमा धेरैमा पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू) बाट धेरै जनामा सक्रमीत भए पनि नियन्त्रणमा आइ सकेको समेत डा. आचार्यले बताए।

उनले भने ‘ गत साउन १ गते देखि आज सम्म स्याङजाको वालिङमा मौसमी रुघाखोकी लाएर उपचार गर्न आउने १८ सय ४३ मध्ये ६ सय २५मा पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू)को लक्षण देखिएको छ। हामीले ती बिरामीहरुको नमूला परिक्षणको साथै आवश्यक औषधी उपलब्ध गराइ सकेका छौँ।
यस्तै झापामा दुइ जनाको स्वाइन फ्लुको कारण मृत्यु भएको भन्ने बारे अहिले सम्म पुष्टि नभइ सकेको समेत उनले बताए।

सन् २००९ मा नेपालमा पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू) पहिलो पटक देखिएको मा सन् २००८ मा यसैबाट जाजरकोटमा ८ जनाको मृत्यु भएको थियो।

स्वाइन फ्लु लागेका विरामीहरुलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा आवश्यक औषधी निशुल्क वितरण हुदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *