डिन अग्रवाललाई प्राध्यापक संघले भन्यो, ‘स्वायत्ततामा बोल्नु अघि राय लिनुस्’

904
Shares

काठमाडौँ, १७ साउन । त्रिवि प्राध्यापक संघ महाराजगञ्ज क्याम्पस इकाई समितिले चिकित्सा शिक्षा विधेयक तथा स्वायत्तताको विषय सरोकारवालसंग छलफल गरेर मात्रै धारणा सार्वजनिक गर्न डिन प्राडा जगदीश अग्रवालसंग आग्रह गरेको छ । संघले मंगलबार डिन प्राडा अग्रवाललाई पत्र लेख्दै छलफल विना आफूखुशी धारणा व्यक्त नगर्न चेतावनी दिएको छ ।

आजबाट चिकित्सा शिक्षा विधेयकमा छलफल चल्ने बताइएको छ भने सरकारी बार्ताटोलीले हिजो मात्रै स्वायत्तताको विषयमा आइओएमका डीन प्राडा अग्रवालसंग धारणा मागेको थियो । सोमबार बसेको पदाधिकारी बैठकको निर्णय भन्दै संघका सचिव सुरेश उप्रेतीद्धारा हस्ताक्षरित पत्रमा व्यक्तिगत तवरमा प्रस्तुत गरिने धारणा आफूहरुलाई मान्य नहुने भन्दै यसबाट आउने परिणामको जिम्मा लिन तयार हुन समेत डिन अग्रवाललाई भनिएको छ ।

संघले विज्ञप्तीमा विभिन्न शैक्षिक सुधारमा माग राखी महाराजगञ्ज स्ववियुको अगुवाईमा भएको तालावन्दी तथा विरोधका कार्यक्रममा आफ्नो ऐकेवद्धता रहेको जनाएको छ । उसले विद्यार्थीका मागहरु तत्काल सम्वोधन गरि ताला खुलाउन डिन कार्यालयसंग माग गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *