सुत्केरी हुन नसकी कालिकोटमा एक महिलाको ज्यान गयो

232
Shares

कालीकोट, १४ साउन । जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ । आज बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ ।

जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताए । मृतक गोरीकला फर्सालका पाँच छोरी रहेको बताइएको छ ।

जिल्ला अस्पताल कालीकोटका अनुसार गएको महिना बच्चा जन्माउन नसक्दा एक महिलाको मृत्यु भएको थियो ।

तिलागुफा नगरपालिका निवासी एक महिलालाई सरकारले हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज ल्याउँदा मृत्यु भएको थियो । जिल्ला अस्पताल कालीकोटका प्रमुख रवीन खड्काले स्रोत साधनको अभावका कारण उपचार गर्न नसकिएको बताउछन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *