पाल्पामा बढे भाइरल ज्वरोका बिरामी

0
Shares

पाल्पा, ११ साउन । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिए । भाइरल रोगबाट प्रभावित विशेष गरी पाँच वर्षमुनिका बालबालिका बढी देखा परेको उनले बताए ।

नाकबाट सिंगान बग्ने, हाछ्युँ आउने, ज्वरो आउने, हल्का खोकी लाग्ने, खान नरुच्ने, ज्यान दुख्नेजस्ता भाइरल ज्वरोका लक्षण हुन् । मुख नछोपिकन हाछ्युँ गर्दा, संक्रमण बढ्दा तथा शरीरमा हुने प्रतिरक्षा शक्तिमा कमी हुँदै जाँदा यो रोगले मानिसमा आक्रमण गर्ने गर्दछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *