जाजरकोटका ७१ जना जनप्रतिनिधिले दिए बैठक भत्ता बिरामीलाई

जाजरकोट, ८ साउन । यहाँको त्रिवेणी नलगाड नगरपालिकाका जनप्रतिनिधिले पहिलो बैठकको भत्ता आर्थिक अभावका कारण अलपत्र परेका एक जना विरामीलाई दिने निर्णय गरेका छन् ।

नगरपालिकाका ७१ जना जनप्रतिनिधिहरुको बैठकको भत्ता ४२ हजार २४५ रुपैयाँ सामुहिक रुपमा उपलव्ध गराउने निर्णय गरेका हुन् । बिरामीको उपचारका लागि दिने निर्णय गरेको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

उपचारका लागि रकम अभाव भएपछि यस नगरपालिका वडा नं १३ का विरामी आकाश भण्डारी अस्पतालको शय्याबाट अर्काको घरमा बसेको थाहा पाएपछि यस्तो निर्णय गरिएको प्रमुख टेकबहादुर रावलले बताए ।

उनले अर्थाभावकै कारण नेपालगञ्जमा उपचारका लागि पुगेका विरामी अस्पतालबाट बाहिरिनुपरेको थाह पाएपछि सानो सहयोग स्वरुप बैठक भत्ता दिने निर्णय गरिएको जानकारी दिए ।

विभिन्न सामाजिक कार्य गर्दै आएको यस नपाको पछिल्लो निर्णय प्रशंसनीय रहेको नागरिक अगुवा दीपबहादुर सुनारले बताए । नगरपालिकाको जनप्रतिनिधिको प्रति बैठकको भत्ता रु ५९५ हुने गर्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *