करोडौँ मूल्यको उपकरण भित्र्याउँदै बीर अस्पताल

काठमाडौँ, ६ साउन । देशकै सबैभन्दा पुरानो अस्पताल बीर अस्पतालले करोडौँ मूल्यका मेडिकल उपकरण भित्र्याउदै छ । अस्पतालको सेवामा स्तरउन्नती गर्न अत्याधुनिक मेडिकल उपकरण भित्रयाउन लागको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले बीर अस्पताललाई साधनस्रोत सम्पन्न गराउने योजना अनुरुप उपकरणहरु भित्रयाउन लागिएको बताए ।

उनले अस्पतालका लागि ४० करोड लागतमा अत्यन्तै लेटेष्ट मोडलको टोमो थेरापी मसिन, करीब २० करोड लागतमा इन्ट्रा अपरेटिभ सिटिस्क्यान मसिन, न्युरो सर्जरीको लागि करीब ३ करोडको न्युरो इन्डोस्कोपिक मसिन ल्याउने प्रक्रिया अघि बढेको जानकारी ।

त्यस्तै ५ करोड लागतमा न्युरो नेभिगेसन सिस्ट वीथ स्टेरियो ट्याक्टिस फ्रेम समेत ल्याउने प्रक्रिया बढेको छ । अस्पताललाई साधनस्रोत सम्पन्न बनाउन इन्डोस्कोपिक अल्टासाउण्ड मेसिन, जेनेटिक ल्यावका लागि चाहिने मसिनहरु, इन्डो युरोलोजीका मसिनहरु समेत ल्याउने प्रक्रिया सुरु भएको छ ।

हामीले डेन्डर गरेर एलसी समेत खोलेर मसिनहरु ल्याउने प्रक्रिया अघि बढीसक्यो डा गुरुङले भने आगामी चार महिना भित्रमा यी सबै सामान बीर अस्पतालमा इन्स्टल भईसक्नेछन् ।

उनले अत्याधुनिक मसिनहरु आएसंगै आम सर्वसाधारणले सहजरुपमा स्तरीय उपचार सेवा पाउने बताए । त्यसो त पछिल्लो समयमा बीरमा विरामीको भिड बढेको छ । नेतृत्व परिवर्तनसंगै अस्पतालको सेवामा सुधार भएसंगै भिड बढेको हो । ‘पहिले दैनिक पन्ध्र सोह्र सय विरामी आउथे अहिले त्यो संख्या बढेर पच्चीस छब्बिस सय पुगेको छ,’  उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *