आयुर्वेदिक औषधि चिन्नका लागि अति उपयोगी ‘चन्द्रनिघण्टु’

काठमाडौँ, ५ साउन । एलोपेथिक औषधिको प्रयोगदर बढेपनि मान्छेहरुमा आयुर्वेदिक औषधि र उपचार विधिप्रतिको विश्वासमा अझै कमी देखिएको छैन् । शहर होस या गाँउ सानातिना स्वास्थ्य समस्यामा सकेसम्म आयुर्वेदिक उपचारबाट निको पार्ने प्रयासमा हुन्छन अहिले पनि अधिकांश मान्छेहरु । जस्तो रुघा लाग्दा बेसार पानी खाने, स्वर सुक्दा बोजो खाने इत्यादि ।

आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी निकाय सिंहदरबार बैद्यखानाले मानिसहरुको यहि रुचीलाई सहयोग पुरयाउन केही समय देखि एउटा पुस्तक प्रकाशित गर्दै आएको छ चन्द्रनिघण्टु ।

जतिवेला एलोपेथिक औषधिको उत्पादन तथा प्रयोग भएको थिएन वा त्यस्ता औषधि नेपालमा आइसकेको थिएन त्यतिवेला सबैको उपचार आयुर्वेदिक पद्धतिबाट हुने गर्दथ्यो । चन्द्रनिघण्टुमा त्यतिवेलाका औषधिको रुपमा प्रयोग हुने बनस्पति, खनिज तथा जान्तव(प्राणीजन्य) द्रव्यका बारेमा सचित्र बर्णन गरिएको छ ।

‘तत्कालिन प्रधानमन्त्री चन्द्र शम्सेर जवराले नेपालमा पाइने बनस्पति, खनिज तथा जान्तवको अध्ययन गरी यसको औषधीय गुण, प्रयोग गर्ने तरिकाका स्वदेशी तथा विदेशी विद्धानहरुलाई बोलाएर सचित्र बर्णन गर्न लगाएका थिए । त्यसैको संग्रह हो चन्द्रनिघण्टु,’ बैद्यखानाका प्रवन्ध निर्देशक डा राजेन्द्र गिरीले बताए । चन्द्र शम्सेरले तयार गराएको संग्रह भएको हुनाले यसको नाम चन्द्रनिघण्टु राखिएको हो ।

यसमा नेपालमा उपलव्ध ८ सय बढी जडिबुटी र २ सय बढी जान्तव (प्राणीजन्य) द्रब्यको परिचय सहित सचित्र जानकारी गराइएको छ ।
संस्कृत, नेपाली र नेवारी भाषामा लेखिएको हस्तलिखित यो ग्रन्थलाई बैद्यखानाले विस २०६९ देखि विभिन्न १० भागमा विभाजन गरी प्रकाशित गर्न थालेको हो ।

अहिले हामीले चौथो भाग प्रकाशित गरी बजारमा ल्याइसकेका छौँ । पाँचौँ भाग सम्पादनको तयारीमा छ । प्रवन्ध निर्देशक डा गिरीले भने ।
कुन जडिबुटी कुन रोगको उपचारका लागि प्रयोग हुन्छ ? कसरी प्रयोग गर्ने भन्ने बारेमा चित्र सहितको यो संग्रहले आयुर्वेदिक औषधिको बारेमा जानकारी तथा चासो राख्ने सबैका लागि सान्दर्भिक हुने देखिन्छ ।

कुल १९१८ पृष्ठको यस हस्तलिखित ग्रन्थमा ९९३ वटा द्रब्यहरुको वर्णन गरिएको छ । जसमा ८२१ वटा बसस्पतीजन्य र १७२ वटा खनिज तथा जान्तव(प्राणिजन्य) द्रब्यहरुको बर्णन गरिएको छ ।

वैद्यखानाले चन्द्रनिघण्टुको हरेक भागको मूल्य संस्थागत २ हजार ५ सय र व्यक्तिगत खरीदका लागि २ हजार मुल्य तोकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *