छ बोरा सूर्तिजन्य पदार्थ जफत

76
Shares
फाइल फोटो : रामकोटमा रहेको अवैध सुर्तीउद्योगमा काम गरेका महिला

सिन्धुली, १० असार । सिन्धुली बजारमा आज सूर्तिजन्य वस्तुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा अनुमतिबिना बिक्रीवितरण गरिएको पाइएपछि केही पसल तथा होटलबाट सूर्तिजन्य वस्तु जफत गरिएको छ ।

सिन्धुलीमाडीमा हटियाबाट पाँचवटा स्थानमा खुल्ला रुपमा सूर्र्ति बेच्दै गरेको अवस्थामा अनुगमन टोलीले छ बोरा जफत गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

बजार क्षेत्रका ११ वटा होटल तथा १९ वटा पसलको अनुगमन गरिएको थियो । इजाजत लिएकालाई मापदण्ड पुरा गरेर मात्र सूर्तिजन्य वस्तु बिक्री वितरण गर्न सचेत गराइएको छ । जिल्लामा साना किराना पसलदेखि तरकारी पसलबाट समेत खुलेआम सूर्तिजन्य वस्तुको कारोबार भइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *