कान्तिपुर डेन्टलद्धारा सात सय स्कुले विद्यार्थीको नि:शुल्क दन्त परीक्षण

काठमाडौँ, ८ असार । महाराजगञ्जस्थित कान्तिपुर डेन्टल हस्पिटलले करीब ७ सय स्कुले विद्यार्थीको निशुल्क दन्त परीक्षण गरेको छ ।
बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेजको सहयोगमा हस्पिटलले मंगलबार र बुधबार महाराजगञ्जस्थित स्कीम स्कुल र चाँदबाँग स्कुलका विद्यार्थीको मुख तथा दन्त परीक्षण गरेको हो ।
डेन्टल हाइजिनिष्ट ज्योति गुरुङले संयोजन गरेको उक्त शिविरमा डा हरि ओली, डा रुविना प्रधान, डा अनिता गुरुङ, डा नेहा गोयल सहितको २० जनाको टोली खटिएको थियो ।
परीक्षणका क्रममा दाँत किराले खाने समस्या, गिजाको समस्या, दाँत नमिलेको तथा हर्सा हुने जस्ता समस्या देखिएको थियो ।सो अवसरमा टोलीले मुख तथा दाँतको हेरचाह गर्ने तरिकाका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण गराएको थियो ।
कान्तिपुर डेन्टलले यसअघि पनि धेरै विद्यालयमा पुगेर निशुल्क दन्त परीक्षण शिविर राख्दै आएको छ ।



सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
