गर्भावस्थामा माछाको तेल खाँदा हुन्छन् यी फाइदा
गर्भावस्थामा माछाको तेल खानाले उच्चरक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
माछाको तेलमा प्रसस्त मात्रामा पौष्टिक तत्व पाइन्छ ।
जसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ ।
गर्भमा रहेको शिशुको मस्तिष्क बिकासमा माछाको तेलको सेवनले मद्दत गर्छ र शिशुको दिमाग तेजिलो बनाउँछ ।
गर्भावस्थामा माछाको तेल सेवन गर्नाले गर्भमा रहेको शिशुको शारीरिक बिकासमा मद्दत गर्नुका साथै हड्डी मजबुत बनाउँछ ।
यसको सेवनले गर्भावस्थामा हुने मानसिक तनावबाट टाढा राख्छ ।