सुडानमा झाडापखालाका कारण गत अगस्टदेखि २६५ जनाको मृत्यु

खार्तुम, १९ जेठ । सुडानका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले गत अगस्टदेखि अहिलेसम्म झाडापखालाका कारण २६५ जनाको मृत्यु भएको शुक्रबार बताएका छन् ।

देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएको उनले बताए।

उनले दूषित पानीबाट हुने झाडापखालाका बिरामीहरु बढ्ने चेतावनी दिँदै वर्षात्को बेला झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्ने बताए ।

मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५१२ जना बिरामी भएको तथ्याङ्क पाइएको छ ।

त्यसैगरी ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ । त्यहाँ चार हजार ४७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा परेको सिनार राज्यमा दुई हजार ४०१ जना प्रभावित भएको र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८७८ जना प्रभावित भएका छन् ।

रेड सि प्रदेशमा एक हजार १३७ जना प्रभावित भएको र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९८२ जना प्रभावित भएका छन् ।

मन्त्रीले पानीका स्रोतहरुको अवलोकन गरी सफा बनाउनेतर्फ लाग्नुपर्नेमा पनि जोड दिएका छन् । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *