विद्यार्थीले बनाए स्तन क्यान्सर पत्ता लगाउने ‘ब्रा’

बीबीसी । मेक्सिकोका एक विद्यार्थीले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका छन् । जसको नाम ईवा ब्रा भनिएको छ ।
निर्माणकर्ता १८ बर्षीय छात्र जुलियन रिओस चाटुका अनुसार यो ब्रा लगाउने महिलामा यदि स्तन क्यान्सर छ वा हुन लागेको छ भने पहिले नै संकेत गर्छ ।

नौलो प्रविधि सहितको ब्रा निर्माण गरेको खबर सार्वजनिक भएपछि मेक्सिकन राष्ट्रपतिले समेत ब्राका आविस्कारक जुलियनलाई बधाई दिएका छन् ।

त्यसो त ब्रा बनाउने कामको नेतृत्व जुलियनले गरेपनि उनले यो परियोजनामा अरु तीन साथीको सहयोग लिएको बताएका छन् । अहिले त्यहि तीन जना मिलेर खोलेको कम्पनीबाटै ब्राको उत्पादन भएको हो । यद्धपी यो ब्राको औपचारिक परीक्षण भने भईसकेको छैन् ।

परीक्षणका लागि पैसा थुप्रियो
निर्माणकर्ता विद्यार्थीले ब्राको परीक्षणका लागि निकै पैसा जम्मा गरिसकेका छन् भने वाह वाही समेत पाइरहेका छन् । गत हप्ता मात्रै यिनीहरुले ग्लोबल स्टुडेन्ट इन्टरप्रोनर ( युवा उद्योगपति) अवार्ड पाएका छन् ।

यिनीहरुको कम्पनी हिजा टेक्नोलोजीले विश्वभरका युवा उद्यमीहरुलाई पछि पार्दै २० हजार डरलको पुरस्कार समेत पाएका छन् ।

कसरी पत्ता लगाउँछ क्यान्सर ?
क्यान्सरयुक्त ट्युमरमा रक्तप्रवाह बढने हुँदा त्वचाको तामक्रम समेत बढ्छ । यो इवा ब्रा लगाईसकेपछि यसको वायोसेन्सरले तामक्रम नाप्छ र त्यो तापक्रम एपमा पठाउँछ ।

यदि तापक्रममा बदलाव देखियो भने त्यसको चेतावनी इवा व्रा लगाउनेवाला महिलामा जान्छ र उनले आफूलाई स्तन क्यान्सर भएको हुनसक्ने अनुमान गर्न गाह्रो पर्दैन ।

कसरी लगाउने यो ब्रा ?
एक महिलाले एक सातामा कम्तीमा ६० देखि ९० मिनटसम्म यो ब्रा लगाउन पर्छ । त्यसपछि मात्रै यसले सही संकेत पठाउन सक्छ ।
गतवर्ष एक अन्तरबार्तामा जुलियनले भनेका थिए कि ब्राको भित्र सेन्सर हुनुको कारण हरेक क्षण स्तनको अवस्थाको बारेमा मापन गर्न सकिन्छ ।

अहिले यो सुरुवाती अवस्थामा छ । अहिलेसम्म यसको पूर्णरुपमा परीक्षण समेत भईसकेको छैन् । परीक्षण पछि भने क्यान्सर रोग विशेषज्ञहरुले यो ब्राको प्रयोग गर्न सिफारिस गर्न सक्छन्, ब्रिटेनमा क्यान्सर को रिसर्च गर्दै रहेकी अना पेर्मनले बीबीसीसंग भनिन् , हामीसबैलाई थाह छ कि ट्युमरमा प्राय रगत प्रवाह अव्यवस्थित हुन्छ । तर रगत प्रवाहमा हलचल हुनुनै पनि क्यान्सर हुनुको लक्षण होइन । उनले अगाडी थपिन, अहिलेसमम यो पुष्टी भईसकेको छैन कि यसले ट्युमरको पत्ता लगाउनमा सक्षम छ ।

उनले बैज्ञानिकको जाँच विना यो ब्राको भर पर्नु गल्ती हुने बताइन । यद्धपी विद्यार्थीहरुले स्तनक्यान्सर प्रति देखाएको संवेदनशीलताको भने उनले खुलेर प्रशंसा गरिन् ।

स्तन क्यान्सरको लक्षण के हो ?

  • स्तनमा गाँठा देखा पर्नु र विकसित हुँदै जानु ।
  • स्तनको आकार र शेपमा परिवर्तन हुनु ।
  • निप्पलबाट तरल पदार्थ निस्कनु ( दुध होइन)
  • टाउको दुख्ने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *