विद्यालयमा ग्याँस फैलिएपछि ३१० छात्रा अस्पताल भर्ना

नयाँदिल्ली, २३ वैशाख । भारतको एउटा महिला विद्यालयका ३१०   जना छात्रा  शनिबार अस्पताल भर्ना भएका छन् । दिल्लीस्थित तुगलकाबादमा रहेको रानी झाँसी सर्वोदय कन्या विद्यालयमा अध्ययनरत छात्राहरु अस्पतालमा भर्ना भएका हुन् ।

विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । नयाँदिल्लीमा रहेको एक विद्यालय नजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात चुहिएको प्रहरीको भनाइ छ ।

“३१० जना छात्रा नजिकैका चार ओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीत तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्,” एक जना प्रहरी उपप्रमुख रोमिल बानीयाले पत्रकारसँग भने । उनले ग्यास चुहावटका बारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइसकिएको पनि बताए ।

भारतमा ग्यास चुहावटका घटना असामान्य होइन । यसअघि सन् २०१४ मा छत्तिसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुदा छ जनाको मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *