अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पतालमै निगरानीमा

हाउस्टन, १२ वैशाख । फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लु बुसलाई अस्पतालमै निगरानीमा राखिएको छ ।

स्थानीय अस्पतालमा उनलाई निरन्तर निगरानीसहित उपचार भइरहेको सोमबार अस्पतालद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

अचानक अस्वस्थ भइ गत शुक्रबार उपचारार्थ भर्ना गरिएका अमेरिकाका पूर्वराष्ट्रपति एवम् बयोवृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् ।

विगत केही दिनदेखि हाउस्टन मेथोडिस्ट अस्पतालमा उपचार गराइरहेका ९२ वर्षीय पूर्बराष्ट्रपति बुसलाई यसै हप्ताको अन्त्यसम्ममा उनको उपचारमा संलग्न चिकित्सकको टोलीले “डिस्चार्ज” गर्ने अपेक्षा गरिएको छ । चिकित्सकले उनलाई निरन्तर विश्रामको आवश्यकता रहेको बताएका छन् ।

९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पु¥याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उनलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।

पछिल्लो पटक गत अप्रिल १४ तारिखका दिन अस्पतालमा भर्ना भएका पूर्वराष्ट्रपति बुस यस वर्ष सन् २०१७ मा मात्रै अहिले तेस्रो पटक अस्पताल भर्ना भएका हुन् ।

उनको स्वास्थ स्थितिको जानकारी लिन उनका पुत्र पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुगेका थिए ।

बयोवृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताएअनुसार उपचारपछि शारीरिक शिथिलतामा कमी आएको, आराम महसूस भइ फूर्ति बढ्नुका साथै उनको स्वास्थस्थितिमा क्रमिक सुधार भइरेहको छ ।

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उहाँनका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म दुई पटक गरी आठ वर्षसम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए । रासस/सिन्ह्वा/एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *