अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

हौस्टन, ६ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका छन् ।

९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उहाँको एक जना प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

उनी गत शुक्रबार अस्पतालमा भर्ना भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिबारका सदस्यहरुले बताएका छन् ।

उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिए ।

यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उनी सन् १९२४ मा जन्मिएका हुन् भने सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *