हिमाल आरोही शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी

64
Shares

काठमाडौँ, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढेकाआङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।

टाउको, कलेजोमा समस्या देखिएपछि एक हप्तादेखि न्युरो अस्पतालमा उपचार गराइरहेका शेर्पालाई आज अस्पतालमा भेट गरी जानकारी लिएका हुन् ।

स्वास्थ्यस्थितिबारे जानकारी लिँदै मन्त्री गिरीले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

मन्त्री गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर मुलुकको इज्जतलाई उचाइमा पु¥याएको भन्दै शेर्पाको उपचारका लागि मन्त्रिपरिषद्मा समेत कुरा लैजाने स्पष्ट पारे ।

सो भेटमा मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी तथा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीको पनि उपस्थिति रहेको थियो ।

सोलुखुम्बुमा जन्मिएका शेर्पालाई ‘हिँउचितुवा’ को उपनामबाट समेत भनिन्छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *