सुर्ती-चुरोटको कुलत हटाउन केडीसीमा नि:शुल्क क्लिनिक
काठमाडौँ, २५ चैत । चुरोट तथा खैनी जस्ता सुर्तीजन्य पदार्थ कुलत छोडन चाहनेका लागि खुशीको खवर छ । बसुन्धरास्थित केडीसी अस्पतालले आजबाट सुर्तीजन्य पदार्थ परित्याग स्वास्थ्यकेन्द्र( टोवाको सेस्सेसन क्लिनिक) सञ्चालनमा ल्याएको छ ।
विश्व स्वास्थ्य दिवशको अवसर पारी आजबाट सञ्चालनमा आएको उक्त क्लिनिमा सुर्तीजन्य पदार्थको कुलतबाट हटन चाहनेले निशुल्क रुपमा सेवा लिन सक्नेछन् । ‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा सञ्चालनमा ल्याएका हौँ र यो खालको सेवा सुरु गर्ने केडीसी सम्भवत पहिलो अस्पताल हो,’ डेन्टल सर्जन डा. स्मिता ढकालले बताइन् ।
उनले सुर्तीजन्य पदार्थ परित्याग क्लिनिक हरेक आईतबार विहान ९ देखि ४ बजेसम्म सञ्चालन हुने जानकारी दिइन । ‘यो क्लिनिकमा आउनेले पैसा तिर्नु पर्दैन । सेवा निशुल्क रुपमा लिन सक्छन् ,’ डा. ढकालले भनिन्, ‘कुलत छाडनका लागि हामीले मनोपरामर्स, उपचार तथा त्यससम्वन्धी सामग्रीहरु निशुल्क रुपमा उपलव्ध गराउँछौँ ।’
त्यसो त केडीसीको सामुदायिक तथा जनस्वास्थ्य दन्त चिकित्सा विभागले हरेक साता जसो निशुल्क स्वास्थ्य शिविर गर्दै आइरहेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्स्य शिविर सञ्चालन गर्दै आएको यहि विभागले आजबाट सुर्तीजन्य पदार्थको परित्याग क्लिनिक सञ्चालनमा ल्याएको हो ।
यसैबीच आजबाट सञ्चालनमा आएको क्लिनिकको पूर्वस्वास्थ्य सचिव डा. प्रविण मिश्रले उद्घाटन गरे । सो अवसरमा बोल्दै डा. मिश्रले सुर्तीजन्य पदार्थको प्रयोगले मुख तथा दन्त स्वास्थ्य मात्रै नभएर सम्पूर्ण भागमा असर पुरयाउने र गम्भीर रोग निम्त्याउने भन्दै आजैबाट सुर्तीजन्य पदार्थको कुलत त्याग्न आग्रह गरे । उनले कुलत आफै त्याग्न नसक्नेका लागि केडीसीले निशुल्क सेवा उपलव्ध गराएको भन्दै तत्काल लाभ लिन आग्रह गरे ।
सम्पर्क इमेल : [email protected]