सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

0
Shares

सुर्खेत, २५ चैत । यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

पछिल्लो समय चेतनाको अभावका कारण मानसिक रोगले भयानक रुप लिँदै गएका चिकित्सकले बताएका छन् । अहिलेसम्मको तथ्याङ्कअनुसार प्रदेश नं ५, ६ र ७ मा मानसिक रोग बढी देखापर्ने गरेको जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार सुर्खेतमा चालु आवको आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी उपचाररत रहेका छन् ।

यो रोग सबैभन्दा बढी युवायुवतीमा देखापरेको भन्दै उनले मानसिक रोग महिलामा बढी देखिए तापनि आत्महत्या गर्नेमा भने पुरुषको सङ्ख्या बढी रहेको बताए । दैनिकजसो ३० देखि ४० मिनेटसम्ममा योग तथा शारीरिक व्यायाम गरेमा, मन खुसी राखेमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

प्रमुख ज्ञवालीले मानसिक रोग विकराल रुपमा फैलिएको भएपनि मानसिक रोगको क्षेत्रमा राज्यले एक प्रतिशत मात्रै लगानी गरेको उनको भनाइ छ । उनले मानसिक रोग निवारणका लागि स्वास्थ्यकर्मीलाई तालिम र यस क्षेत्रमा उचित लगानी पनि हुनुपर्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिकाको मेहेलकुना, पञ्चपुरी नगरपालिकाको सालकोट, लेकबेसी नगरपालिकाको दशरथपुरमा मानसिक रोगको परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *