जनस्वास्थ्यकर्मीले बनाए चुनावी नारा, राजनीतिक दलले स्वीर्कालान ?

सगुन पौडेल

पोखरा, २३ चैत । स्थानीय निकायको निर्वाचनको मिति नजिकिदै छ । दलहरु यतिवेला चुनावी नारा तथा घोषणापत्र तयार गर्न व्यस्त छन् ।

दलहरुले आफ्ना घोषणापत्रमा यसपटक पनि विकास निर्माण र रोजगारीका कुराहरुलाई मुख्य प्राथमिकता दिएर भोट आफ्नो पक्षमा तान्ने कोशिश गर्नेछन् । त्यस्तै जनतासंग जोडिएको स्वास्थ्यका कुरा समेत यसपटकको चुनावमा उठाउने अनुमान गर्न गाह्रो पर्दैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीमा कार्यरत जनस्वास्थ्यकर्मी सगुन पौडेलले भने घोषणापत्र बनाउँदै गरेका दलहरुलाई चुनावी नारामा स्वास्थ्य विषयहरु यसरी उठाउन सुझाव दिएका छन् ।

हेरौँ पौडेलले दलहरुका लागि प्रस्ताव गरेका चुनावी नाराहरु :

स्वास्थ्य नै विकासको प्रमुख पुर्वाधार !
निशुल्क स्वास्थ्य सेवा नीतिको आधार !!

स्वास्थ्य खाना, रोकथाम र सावधानी !
स्थानीय सरकारको स्वास्थ्यमा लगानी !!

नसर्ने रोगलाई रोक्न सक्ने स्वयं आंफ्नै वानी !
मल्टिसेक्टर एप्रोचमा पव्लिक प्राईभेट लगानी !!

प्रवर्धनात्मक सेवामा उल्लेखनीय जोड !
राज्यको दायित्व, स्वास्थ्य विमा नछोड !!

गाँउ नगर हरेक नागरिक, हरेक परिवार !
स्वास्थ्य विमा स्थानीय सरकारको उपहार !!

हरेक परिवारलाई प्राथमिक उपचारको किट !
३०मिनेटको दुरीमा स्वास्थसेवा केन्द्र फिट !!

बढदो दुर्घट्ना, मधुमेह, रक्तचाप र मिर्गौलाको रोग !
नगरवासीको पहुँचमा प्रोमोशन सेन्टरको उपभोग !!

साधन स्रोतको पर्याप्त उपलव्धता !
स्थानीय संस्थामै सेवाको गुणस्तरियता !!

स्वास्थ संस्था व्यवस्थापन जनताकै जिम्मेवारी !
सेवादिने स्वास्थ्यकर्मी, जनताकै निगरानी !!

स्थानिय तह र जनताको सहकार्य !
दरवन्दीअनुसार डाक्टर अनिवार्य !!

सबै निकाय नगर तथा गाँउपालिका !
टोलटोलमा सर्टिफाईड स्वास्थ्य परिचालिका !!

स्वास्थ्य, समृद्द नगर टोलवासी !
गाँउगाँउमा सामुदायिक फार्मेसी !!

अनलाईन, स्याट्लाईट वडासम्म विशेषज्ञ सेवा !
प्रविधिको उच्च प्रयोग जनतालाई टेवा !!

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “जनस्वास्थ्यकर्मीले बनाए चुनावी नारा, राजनीतिक दलले स्वीर्कालान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *