‘नर्सिङ परिषद्को उपाध्यक्ष सहित तीन सदस्य हटाउने निर्णय तत्काल कार्यान्वनय नगर्नु’

1.6k
Shares

काठमाडौँ १७ चैत ।  सर्वोच्च अदालतले नर्सिङ परिषद्का उपाध्यक्ष ईश्वरी खनाल सहित तीन जना सदस्य हटाउने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलाशले पुराना सदस्यलाई हटाएर नयाँ सदस्य नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो ।

स्वास्थ्य मन्त्रालयको शिफारिसमा गत १७ फागुनको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष खनाल सहित सदस्य भारती भेटवाल,रत्न गुरागाईँ, निता ताम्राकारलाई हटाएर नयाँ सदस्यहरु नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वनय नगर्न नगराउन माग गर्दै हटाइएका सदस्यहरुले गत शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आचारसंहिता लाग्नु अघिल्लो दिन बसेको बैठकले उपाध्यक्षमा बीना पुन, भारती भेटवालको ठाँउमा रमानन्द चौधरी, नीता ताम्राकारको ठाँउमा लक्ष्मी तामाङ र रत्न गुरागाईँको ठाँउमा तारा रम्तेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *