कान्ति बाल अस्पतालमा सुरु भयो ‘इएचएस’ सेवा

 

काठमाडौँ, १६ चैत । कान्ति बाल अस्पतालले आजबाट विस्तारित अस्पताल सेवा (इएचएस) सुरु गरेको छ । अस्पतालले दिउसो ३ देखि ५ बजेसम्म विशेषज्ञ चिकित्सकद्धारा ओपिडी सेवा दिने गरी विस्तारित सेवा सुरु गरेको हो ।

अस्पतालका निर्देशक डा. अजित रायमाझीले विहान ९ देखि ३ बजेसम्म साधारण ओपिडी र ३ देखि ५ बजेसम्म विशेषज्ञद्धारा विस्तारित सेवा अन्तर्गतको ओपिडी सुरु गरेको जानकारी दिए । इएचएसमा परीक्षण गराउनका लागि अस्पतालले ओपिडी टिकट ४५० रुपैयाँ तोकेको छ । ल्याव तथा अप्रेशन शुल्क अरु बेलाको भन्दा दोब्बर बढी हुने बताए ।

इएचएस सेवामा बच्चाको जाँच गर्दै बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल

‘आम सर्वसाधारणले बेलुकी पख विशेषज्ञ सेवा लिनभन्दै क्लिनिक धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसले इमरजेन्सीको चाप समेत घट्ने छ,’ निर्देशक डा. रायमाझीले भने ।

आज पहिलो दिन विशेषज्ञ सेवा दिन बालरोग विशेषज्ञहरु डा. कृष्ण पौडेल, डा. रामहरि चापागाईँ र सर्जिकल तर्फ डा. विजय थापा बसेका छन् ।
अहिले पाँच बज्नै लाग्दासम्म ६ जना बच्चाहरु हेरियो । डा. पौडेलले भने, ‘विस्तारै विरामीको संख्या बढदै जाला ।’

स्वास्थ्य मन्त्री गगन थापाले कार्यभार सम्हाले लगत्तै सरकारी अस्पतालहरुमा इएचएस सेवा सुरु गर्न निर्देशन दिएका थिए । कान्ति प्रशासनले सोही निर्देशन अनुसार सेवा विस्तार गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *