मालदिभ्समा एक सय छहत्तरमा स्वाइन फ्लुको सङ्क्रमण

मालदिभ्स, १२ चैत । मालदिभ्समा स्वाइन फ्लु ९एच–१ एन–१० को सङ्क्रमण १७६ जनामा भेटिएको यहाँको स्वास्थ्य सुरक्षा निकायद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।

पछिल्लो समय स्वाइन फ्लुुको सङ्क्रमण भेटिएपछि सङ्कलन गरी पठाइएका शङ्कास्पद नमुनामा १७६ जनामा सो रोगको सङ्क्रमण भेटिएको हो ।

हाल सङ्क्रमितमध्ये २३ जनामा रोगको प्रभाव बढी भएको भेटिएपछि अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ भने थप सङ्क्रमित मानिस अस्पताल पुग्ने क्रम जारी छ ।

रोगको प्रभाव अघिल्ला केही हाताको तुलनामा कमी देखिन थालेकाले आगामी हप्तादेखि बन्द विद्यालयहरु खोलिने शिक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण मालदिभ्समा दुई जनाको मृत्यु भएको छ । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *