हुम्लाका चिकित्सकले एकै दिन गरे दुई जटिल शल्यक्रिया

हुम्ला, ११ चैत । जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी सुत्केरी हुन नसकेका दुई गर्भवती महिलाको जटिल शल्यक्रिया गरी ज्यान जोगाएका छन् । यद्धपी सकुशल जन्मिएका दुई मध्ये एक बच्चाको भने केही घण्टा पछि निधन भएको छ ।

साधारण अवस्थामा सुत्केरी हुन नसकेकी ३५ बर्षीया जुना बुढालाई परिवारले बुधबार विहानै अस्पताल पुरयाएका थिए । त्यस लगत्तै अस्पतालमा रहेका एमडीजीपी डाक्टर प्रफुल्ल झाले उनको अवस्थाको जाँच लिए । ‘जाँचबाट पत्ता लाग्यो कि ‘सीफालोपेल्भिक डिस्प्रोप्रसन(सीपीडी)’ अर्थात आमाको तल्लो पेटमा रहेको हड्डीले बाटो छेकेको कारण बच्चा जन्मन सकेको रहेनछ । हामीले तत्काल अप्रेसन गरयौँ । र आमा र बच्चाको ज्यान बचायौँ ,’  अस्पतालको प्रमुख डा. स्मृति महतले भनिन् ।

अस्पतालका चिकित्सकहरुले पहिलो अप्रेसन सकिएको केही समय पछि अर्को त्यो भन्दा जटिल केश सामना गर्नुपरयो । ३० बर्षीया छिरिङ लामालाई उनको परिबारले ‘प्लासेन्टा प्रिभिया’ अर्थात बच्चाको टाउको भन्दा साल तल गएर बसेको अवस्थामा ल्याई पुरयाए ।

‘त्यो अवस्था निकै जटिल अवस्था हो । किनकी उहाँको धेरै रगत गईसकेको थियो । हामीले तत्काल अप्रेसन नगरेको भए ज्यान जान सक्थ्यो । अस्पताल प्रमुख डा महतले भनिन्, झण्डै तीन घण्टा लगाएर अप्रेसन सफल भयो,’ महतले भनिन्।

दुवै अप्रेशन पछि आमा र बच्चाको अवस्था सामान्य रहेपनि विहान एक बच्चाको निधन भएको थियो । अघिल्लो दिन रातीसम्म सामान्य अवस्थाको बच्चाको अवस्था कसरी यस्तो भयो भन्ने बारेमा बुझ्ने काम भएको डा महतले बताइन् ।

बुधबारको सल्यक्रिया एमडीजीपी डा झाको नेतृत्वमा महत आफै पनि सहभागी थिइन । एनेस्थेसियाको तालिम लिएकी अनमी मनमाया बस्नेतले एनेस्थेसियाको काम गरेकी थिइन् । त्यस्तै नर्स मेलिना श्रेष्ठ, कार्यालय सहयोग डकबीर रावत समेत दुईवटै शल्यक्रियामा निरन्तर खटिई रहेको डा महतले सुनाईन ।

रगतको जिम्मा नेपाली सेनाको भैरवीदल गुल्म
अस्पतालले उपचारका क्रममा चाहिने आवश्यक रगत नेपाली सेनासंग लिदै आएको छ । ‘हामीले रगत लिएर स्टोर गर्ने अवस्थामा छैनौँ । जतिवेला चाहिन्छ त्यतिवेला सेनालाई बोलाउँछाँै र रगत लिने गर्छौँ । हिजो पनि सेनाकै साथीहरुले रगत दिएर ती सुत्केरीहरुको ज्यान बचाउन मद्धत गर्नुभयो,’ डा महतले भनिन् ।

अस्पतालले जिल्लाको श्री भैरवी दल गुल्मका रहेका सेनाहरुको व्लड ग्रुप स्क्रीनिङ गरि रोष्टर तयार पारेको छ । रगत आवश्यक पर्नासाथ गुल्ममा खवर गर्छौँ, उहाँहरुले व्लड ग्रुप मिल्ने सेना पठाउनुहुन्छ ।

केही बर्ष अघिसम्म सामान्य चोटपटकको उपचार हुन मुस्किल हुने हुम्ला जिल्ला अस्पतालले अहिले भने सहज रुपमा विशेषज्ञ सेवा दिइरहेको छ । त्यसमा अस्पतालको नेतृत्व गरेकी डा. महत र एमडीजीपी डा. झा सहित अस्पतालमा कार्यरत प्यारामेडिक्स तथा कर्मचारीहरुको मिहिनेत नै हो भन्छन् हुम्ला बासीहरु ।

 

यो पनि हेर्नुहोस ……….

काँचुली फेर्दै हुम्ला जिल्ला अस्पताल : ‘सिजेरियन सेक्सन’ सेवा सुरु, फार्मेसी पनि सञ्चालनमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “हुम्लाका चिकित्सकले एकै दिन गरे दुई जटिल शल्यक्रिया

    1. हाम्रा सर्जनहरुले mask लगाएका मात्रै छन्
      नाक त छोपियेकै छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *