फिजिमा डेङ्गु विरुद्ध राष्ट्रिय अभियान सुरु

0
Shares

सुभा,१० चैत । फिजिमा डेङगु विरुद्ध राष्ट्रिय अभियान सुरु गरिएको छ । स्वास्थ्य र औषधि सेवासम्बन्धी मन्त्री रोसी अकवरले बुधबार राष्ट्रिय अभियान सुरु भएको जानकारी दिएका हुन् ।

उनले संसदमा बोल्दै भने, “स्वास्थ्यकर्मीहरूको टोली डेङ्गुप्रभावित क्षेत्रमा लगातार खटिएको छ, समुदायलाई आवश्यक भएजति सबै सेवा दिन हाम्रो टोली तयार छ । हामीले लामुखट्टेको टोकाईबाट बच्न आम नागरिकलाई आह्वान गरेका छौं, लामखुट्टे मार्ने अभियान पनि सँगसँगै भइरहेको छ ।”

उनले अभियान चलिरहेका बेला नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न पनि सबैलाई आह्वान गरेका छन् ।

विगत १५ वर्षदेखि हरेक पाँच/पाँच वर्षको अन्तरालमा फिजीमा यस्तो अभियान सञ्चालन गर्ने गरिएको उनले बताए ।

डेङ्गुको सङ्क्रमण हुन नदिनेतर्फ सतर्क नहुँदासम्म डेङ्गुको सङ्क्रमण नियन्त्रण हुन नसक्ने भएकाले त्यसतर्फ सतर्क हुन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

फिजीमा सन् २०१७ को पहिलो दुई महिनामा मात्रै १५० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *