आवेदकको संख्या बढी भएपछि कान्तिको करार अन्तर्वार्ता स्थगित

काठमाडौँ, १० चैत । अन्तर्वार्ता लिएर करार पदपूर्ति गर्ने भन्दै २५ दिन अघि सूचना निकालेको कान्ति बाल अस्पतालले अन्तिम समयमा आएर परीक्षाको मोडालिटी परिवर्तन गरेको छ । परिवर्तित प्रणाली अनुसार अव करारमा फारम भरेकाहरुले लिखित परीक्षा समेत दिनु पर्नेछ ।

अस्पतालले अन्तर्वार्ता सुरु हुनु भन्दा एक दिन अघि सूचना निकालेर परीक्षाको मोडालिटी परिवर्तन गरेको हो । ‘मागको तुलनामा आवेदन गर्नेको संख्या निकै बढी भयो । अन्तर्वार्ताले मात्रै छनौट गर्न नसकिने जस्तो देखियो । त्यसैले लिखित पनि गर्नुपर्ने भयो,’ अस्पतालका निर्देशक डा. अजित रायमाझीले भने ।उनले आज बस्ने बोर्डको बैठकले नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने बताए ।

यसअघि कान्ति आफैले करारको सूचना निकाले पनि अन्तरबार्ताको जिम्मा मन्त्रालयलाई दिएको थियो । मन्त्रालयले आज देखि अन्तर्वार्ता लिने बताएको थियो । कतिपयले सूचना आफूले निकालेर मन्त्रालयलाई अन्तर्वार्ता लिन लगाउनु कान्ति बोर्ड निरिहता भएको समेत आरोप लगाएका थिए । तर डा रायमाझीले तालुक निकाय भएकोले सहयोग लिएको दावी गरे । उनले अव भने आफैले परीक्षा लिने बताए ।

गत १५ फागुनमा प्रकाशित गरेको सूचनामा कन्सलटेन्ट पेडियाट्रिसियन नवौ तह ४ जना, पेडियाट्रिक सर्जन १, कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट, २ र मेडिकल अधिकृत २५ जना मागेको थियो ।

त्यस्तै नर्सिङ अधिकृत ३, स्टाफनर्स ३० गरि ७६ जनाका लागि करार सेवामा पदपूर्ति गर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिन भित्र आवेदन गर्न भनिएको थियो ।

यो पनि पढ्नुहोस………….

३२ जना डाक्टर र ३३ जना नर्स सहित ७६ जनालाई कान्ति बाल अस्पतालमा रोजगारीको अवसर

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *