अठार करोड जनसंख्या भएको पाकिस्तानमा १९ बर्ष पछि जनगणना शुरु

इस्लामाबाद, ३ चैत्र । पाकिस्तानमा बुधबारदेखि राष्ट्रिय जनगणना शुरु भएको छ । पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए ।

दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ । तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्याङ्क निकाल्न सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सबै नागरिकहरुलाई आह्वान गरेका छन् ।

यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक ब्यक्तित्वहरुको सर्वेक्षण गरिनेछ । साथै पहिलो पटक पाकिस्तानी समलिङ्गी र उभयलिङ्गी ब्यक्तिहरुको लगत राख्ने कार्य गर्न लागिएको पनि गणना प्रमुख बाज्वाले बताएका छन् ।

राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवं परिवार सङ्ख्याजस्ता तथ्याङ्क सङ्कलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुईलाख जति सेना परिचालन गरिने पनि जानकारी गराइएको छ ।

पछिल्लो पटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रब्यापी जनगणना भएको र त्यस बखत राष्ट्रको कूल जनसङ्ख्या अठ्ठार करोडको हाराहारी भएको अभिलेख राखिएको थियो ।

सो आंकडामा बृद्धि भै हालको जनसङ्ख्या बीस करोडभन्दा माथि नै पुग्ने तथ्याङ्क बिश्लेषकहरुको अनुमान छ । रासस /एपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *